नेपाल बार एशोसिएशनले यही २०६७।२।२८ र २९ गते दोलखा जिल्ला अदालत बार एकाईको आतिथ्यतामा दोलखाको चरिकोटमा ३४ औं कार्यकारिणी परिषद्को वैठक आयोजना गर्न लागेको व्यहोरा सम्पूर्ण कानून व्यवसायी मित्रहरुमा जानकारी गराउन चाहन्छौं । उक्त परिषद्को वैठकमा मुलुकभरका कानून व्यवसायी, वरिष्ठ अधिवक्ता, अधिवक्ता र कानून व्यवसायी परिषद्का पार्षद्को उपस्थिति हुने हुँदा उक्त परिषद् वैठकको समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्मानीय प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठज्यूले समुदघाटन गर्ने गरी कार्यक्रम तय भएको कुरा पनि जानकारी गराउँदछौंं ।