Upcoming Events
Related Links
Downloads
Press Release

  • Election 2074-8-21 press relese | Download

  • NBA Press Release 2074-6-24 | Download



  • Election Observation press release 2074-3-14 | Download


  • Election Observation Press Release | Download




More

    १४ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सम्बन्धी निर्णयको जानकारी । उपरोक्त सम्बन्धमा नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिकोे मिति २०७४/०९/२० मा बसेको बैठक


    श्री अध्यक्षज्यू

    नेपाल बार एशोसिएशन

    सम्पूर्ण उच्च / जिल्ला अदालत बार एशोसिएशन ।

    ले गरेको निर्णयको जानकारी एवम् कार्यान्वयनको लागि अनुरोध गरिन्छ ।

     १.   १४ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०७४ साल चैत्र ९, १० र ११ गते नेपालगञ्जमा सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, अतिथि आमन्त्रित वक्तासमेतको विवरणका सम्बन्धमा पछि जानकारी गराईने र १४ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको नारा ‘‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता, कानुन व्यवसायीको पेशागत दक्षता एवं सुनिश्चितता’’ तय गरिएको जानकारी गराउँदछौं ।

    २.   राष्ट्रिय सम्मेलनको सन्दर्भमा प्रकाशन हुने न्यायदूतका लागि –

    (१)  राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने लेख रचनाको लागि निम्न विषय तथा समूह निर्धारण गरिएको छ । ईच्छुक कानुन व्यवसायीहरुले तल उल्लेखित समूह अन्तर्गतका विषयहरुसँग सम्बन्धित लेख रचना पठाईदिनु हुन अनुरोध छ ।

    (१) संविधान र यसका कार्यान्वयन पक्ष ।

    (२) मानव अधिकार शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय र दण्डहिनता ।

    (३) न्यायपालिका, कानुन व्यवसाय र कानुनी सहायता ।

    (४) सुशासन र भ्रष्ट्राचार ।

    (५) आर्थिक, विकास र वाणिज्य कानून ।

    (६) महिला, बालबालिका तथा सिमान्तकृत वर्ग समुदाय सम्बन्धी कानुन ।

    (७) देवानी संहिता र कार्यविधि ।

    (८) फौज्दारी संहिता, दण्ड संहिता र कार्यविधि ।

    (९) वातावरण र प्राकृतिक स्रोत ।

    (१०) स्थानीय तहमा न्यायिक समिति, मेलमिलाप र मध्यस्थकर्ता ।

     (११) साईवर कानुन सम्बन्धी ।

    (१२) प्रो–बोनो (स्वेच्छिक निःशुल्क कानुनी सेवा)

    (१३) कम्पनी तथा कर ।       

    २)   सम्बन्धित विषय केन्द्रीत बढीमा प्रिती फन्टमा टाइप गरिएको १००० शब्दभन्दा नघटाई ३००० शब्दभन्दा नबढाई पठाउनु पर्नेछ ।

    ३)   लेख रचना लेख्दा ः–

    क) लेख रचना मौलिक र विश्लेषणात्मक हुनुपर्नेछ ।

    ख) लेख रचनामा अन्तर्राष्ट्रिय अभ्यास तुलनात्मक रुपमा राख्न सकिनेछ । त्यस्ता लेख रचनाहरु नेपालको संविधान, ऐन, कानूनसँग सम्बद्ध रहे भएको पक्षलाई समेत ध्यान दिनुपर्नेछ ।

    ग) लेख रचना लेख्दा अनुसन्धान पद्दती अवलम्बन गरि पाठकहरु र सम्बन्धित निकायहरु तथा पक्षलाई फाईदा हुने खालको हुनुपर्नेछ ।

    घ) लेख रचना पुस्तकको रुपमा प्रकाशन हुने भएकोले, त्यसको गहनता र महत्वलाई ख्याल गरिदिनु हुन अनुरोध गरिएको छ ।

    ङ) लेख रचना आगामी माघ मसान्तभित्र अनिवार्य रुपमा नेबाएमा आईसक्नु पर्नेछ ।

    च) यस अघि अन्यत्र प्रयोग भइसकेको लेख रचना जस्ताको तस्तै आएमा प्रकाशन गरिने छैन ।

    ट) गाली गलौजयुक्त, अशिष्ट र तोकिएका विषयसंग असम्बन्धीत विषयका लेख रचनाहरु अस्विकृत हुन सक्नेछ ।

    ज) लेख रचना साथ एक प्रति पासपोर्ट साईजको फोटो पठाउनु पर्नेछ ।

    झ) लेख रचना नेपाल वार एशोसिएशनको इमेल neba@wlink.com.np मा पठाउन सकिनेछ ।

    ज्ञ) टाईप गरिएको लेख रचना र विद्युतीय प्रति समेत पठाउनु पर्नेछ ।

    ट) लेख रचना न्यायदूतमा प्रकाशन गर्ने वा नगर्ने विषयको निर्णय समितिले गर्नेछ ।

     ३.   राष्ट्रिय सम्मेलनको लागि सहभागी दस्तुर (रजिष्ट्रेशन शुल्क) देहायबमोजिम निर्धारण गरिएको जानकारी गराउँदछौं ।

    य   अभिवक्ता÷अभिकर्ता                  रु. २,०००÷–

    य  अधिवक्ता ५ वर्ष मुनिका              रु. २,५००÷–

     य  अधिवक्ता ५ वर्ष देखि १० वर्षसम्म       रु. ३,५००÷–

    य  अधिवक्ता १० देखि १५ वर्षसम्म         रु. ४,५००÷–

    य  अधिवक्ता १५ देखि २० वर्षसम्म         रु. ५,०००÷–

    य   अधिवक्ता २० देखि माथिलाई          रु. ६,५००÷–     

    य  बरिष्ठ अधिवक्ता                   रु. ११,०००÷–    

     २०७४ साल फागुन ५ सम्ममा तोकिएको दस्तुर बुझाएमा रु. १० प्रतिशत छुट दिने निर्णय भएको हुँदा समयमै आफु सम्बद्ध रहेको ईकाइ मार्फत नेबाएमा दस्तुर बुझाउन सम्पूर्ण सदस्यहरुलाई सूचित गर्नको लागि सम्पूर्ण बार इकाइहरुलाई अनुरोध गरिन्छ ।

    ४.    राष्ट्रिय सम्मेलनमा सहभागी हुने कानून व्यवसायीहरुले आफ्नो परिचय पत्र सहित कालो कोट लगाउनु हुन अनुरोध गरिन्छ । सम्मेलन सम्बन्धी अन्य थप जानकारीको सम्बन्धमा नेबाएको केन्द्रीय कार्यालयमा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ । साथै नेबाएको वेभ साइट धधध।लभउबदिबच।यचन मा समेत आवश्यक विवरण हेर्न सकिने छ ।

    नोटः अधिवक्ता÷वरिष्ठ अधिवक्ता भई सक्नु भएकोले अभिवक्ता वा अधिवक्ताको प्रमाणपत्र पेश गरि रजिष्ट्रेशन गरेकोलाई मान्यता दिइने छैन ।



     

    अधिवक्ता खम्मबहादुर खाती

    महासचिव