स्वेच्छिक निःशुल्क कानूनी सेवा (प्रो वानो) सम्बन्धी निर्देशिका, २०७५ अपडेटमा राखिएको छ I - २०७६ साल चैत ७ गते, शुक्रबारका दिन हुने भनीएको साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै कानून व्यवसायीज्यूहरुको जानकारीका लागि सूचित गरिन्छ I नयाँ वर्ष २०७७ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सु:ख, शान्ति, समृध्दी, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्ष २०७७ को प्रारम्भ सँगै विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाइरसको पराजयको समेत कामना गर्दछौं ।

Upcoming Events
Updates
Press Release
  • प्रेश विज्ञप्ति २०७७ भदाै ८ गते | Download

  • मिति २०७७।०४।२५ का दिन सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश गरिएकाे ध्यानाकर्षण पत्र | Download

  • प्रेश विज्ञप्ति २०७७ साउन १८ गते | Download

  • प्रेश विज्ञप्ति २०७७ असार ७ गते | Download

  • प्रेश विज्ञप्ती 2077 जेठ १३ गते । | Download

  • नेपाल बार एशोसिएशनद्धारा जारी गरिएको प्रेश विज्ञप्ती | Download

  • प्रेश विज्ञप्ती 2077-02-04 | Download

  • प्रेश विज्ञप्ती 2077-01-27 | Download

  • प्रेश विज्ञप्ती 2077-01-23 | Download

  • प्रेश विज्ञप्ती 2077-01-15 | Download


More
Related Links

    सदस्यता नवीकरण सम्बन्धी नेबाएद्वारा जारी गरिएको सूचना


    नेपाल बार एशोसिएशनको विधान अनुसार २०७७ साल असार मसान्तभित्र सदस्यता नवीकरण गरी २०७७/०४/१५ गते भित्रमा आ.व. २०७६/०७७ र २०७७/०७८ को सदस्यता शुल्कको २५∞ रकम नेबाएको खातामा जम्मा गरेको भौचर, बैंक स्टेटमेन्टकासाथ नामावली समेत पठाईदिनुहुन भनि यस अघि सम्पूर्ण जिल्ला, उच्च तथा सर्वोच्च अदालत बार एकाईहरुमा पत्राचार गरिएकोमा बन्दाबन्दिको घोषणा कायमै रहेको, सार्वजनिक यातायातहरु नचलेको, अदालत पनि आंशिक रुपमा मात्र खुलेको समेतका कारण सदस्य कानून व्यवसायीहरुलाई उल्लेख गरिएको अवधिभित्र सदस्यता नवीकरण गर्न समस्या पर्न गएको महसुस गरि नेबाएको मिति २०७७/०३/१९ गते सम्पन्न केन्द्रीय कार्यसमितिको (भौतिक तथा भर्चुयल – संयुक्त) बैठकबाट भएको निर्णयानुसार सदस्यता नवीकरण गर्ने तथा एकाईले नेबाएमा नामावली, नेबाएको खातामा जम्मा गरेको आ.व. २०७६/०७७ तथा २०७७/०७८ को सदस्यता दस्तुरको २५∞ रकमको भौचर तथा एकाइको उक्त मितिसम्मको बैंक स्टेटमेन्ट सहित पठाउने सम्बन्धमा निम्नानुसार म्याद थप÷संशोधन गरिएको व्यहोरा सम्बन्धीत सदस्य, एकाईहरुलाई जानकारी गराईन्छ ।



    देहाय,



    १) सदस्यता नवीकरण गर्ने अन्तिम म्याद ः– नेपाल सरकारले नेपाल राज्यभर लकडाउन पूर्ण रुपले खुला गरेको मितिले ३० दिन सम्म । 



    २) नेबाएमा शुल्क, नामावली, भौचर, स्टेटमेन्ट बुझाउने अन्तिम म्याद ः– क्र.सं. १ को ३० दिनको म्याद सकिएको १५ दिनभित्र नेबाएमा पठाईसक्नु पर्ने ।   



    निरन्तर सहयोग र समझदारीका लागि हार्दिक धन्यबाद । 



    अधिवक्ता लीलामणि पौडेल



    महासचिव